Outbreak & Situation Updates

eventimg

Jun 18

धरान उप महानगरपालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती

सुनसरी जिल्ला अन्तरगत धरान उप महानगर पालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती: मिति: २०७६/०३/०२ -    मिति २०७६ बैशाख ३० गते वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको । -    मिति २०७६ आषाढ ०२ गते सम्ममा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गरेका मध्ये ५०५ जनामा डेंगु पोजिटिभ देखा परेको । -    मिति २०७६ आषाढ ०२ गते सम्ममा बिजयपुर अस्पताल धरानमा परीक्षण गरेका मध्ये जम्मा ९३ जनामा डेंगु पोजिटिभ देखा परेको । -    मिति २०७६ आषाढ ०२ गते सम्ममा एपेक्स अस्पताल १ जना र इटहरी अस्पतालमा ५ जनामा डेंगु रोग देखा परेको । -    अन्य वार्ड नं ९, ७ र १३ मा पनि रोग देखा पर्न थालेको । -    हाल सम्म जम्मा विरामी संख्या: ६०४ जना । -    कसैको पनि मृत्यू नभएको ।     मिति २०७६ आषाढ ०२ गते भए गरेका क्रियाकलापहरु:  -    विहान धरान उप महानगरपालिकाको मेयरज्यू सहितको टिम, जनप्रतिनिध, प्रहरी, बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिम, स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनबाट खटि आउने टिमले वार्ड नं ८ मा लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्ने कार्य गरियो । -    वार्ड नं. १५ मा विहान देखि नै घरघरमा गई लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्न टिम परिचालन गरियो । -    वार्ड नं. १५, १४, ४ र ८ मा विहानै देखि डेंगु रोग नियन्त्रण सम्वन्धि माइकिङ्ग गरियो । -    विजयपुर अस्पतालमा गई डेंगु रोगको तथ्यांक अद्यावधि गरियो । -    धरान उप महानगरपालिकाको संयोजकसंग भेटी आगामी कार्यक्रमहरु संचालन सम्वन्धि छलफल गरियो । -    इटहरी उप महानगरपालिकामा भोली डेंगु रोग सम्वन्धि अभिमुखिकरण गर्नका लागि कार्यक्रम तय गरिएको ।   नियन्त्रणका लागि गरिएका प्रयासहरु: -    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखावाट २०० Dengue RDT Kit र स्वास्थ्य कार्यालयवाट १०० Dengue Kit  BPKIHS, Dharan पठाई पठाएको   । -    मिति २०७६ जेष्ठ १९ गते यस महाशाखाबाट ५०० Dengue RDT Kit,  BPKIHS, Dharan  पठाएको । -    मिति २०७६/०२/२७ गते ३५० कीट पठाएको । -    मिति २०७६/०२/२९ गते २०० कीट पठाएको । -    मिति २०७६/०२/३० गते १००० कीट पठाइएको । -    यस महाशाखाबाट नियमित रुपमा अस्पताल, जिल्ला र नगरपालिकाका फोकल पर्सनहरुसंग नियमित सम्र्पक भइरहेको । -    नियमित रुपमा डेगु रोग नियन्त्रण तथा वच्ने उपायवारे सुचना दिने कार्य भइरहेको र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको । -    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राविधिक टिम प्रकोप क्षेत्रमा खटिइ सकिएको  । -    सो रोग नियन्त्रण तथा व्यवस्थापनको र थप अनुसन्धानको  लागि विश्व स्वास्थ्य संगठनबाट टिम प्रभावित स्थानहरुमा कार्य गरिरहेको । -    मिति २०७६/३/१ डेंगु ज्वरोको Sero Prevalence सम्वन्धि थप अनुसन्धानको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टिम प्रभावित स्थान पुगिसकिएको । -    मिति २०७६ आषाढ १ गते डेंगु बढि प्रभिावित वार्ड नं ८ र १५ का सम्पूर्ण वार्डका सदस्यहरु, र समाजसेवि, वुद्धिजिवीहरसंग रोग नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न गरिएको । -    मिति २०७६ आषाढ १ संघिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीज्यू प्रकोपजन्य क्षेत्रमा भए गरेका कार्यहरुको निरिक्षण तथा विरामीहरुलाई भेटघाट गरी समस्याहरुको वारेमा जानकारी लिनु भएको । -    माननीय राज्यमन्त्रीज्यूको निरिक्षणको समयमा स्वास्थ्य निर्देशक, स्वास्थ्य कार्यालय मोरङ्ग, सुनसरीका प्रमुखज्यूहरु, उप महानगरपालिकाका तथा नगरपालिकाका मेयरज्यूहरु, स्वास्थ्यकर्मी, चिकित्सक, विश्व स्वास्थ्य संगठन  र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर र चिकित्सकहरुको उपस्थिती रहेको थियो ।   इटहरी उप महानगरपालिका: -    यस उप महानगरपालिकामा मिति २०७६/०२/१९ गते देखि आषाढ १ गते सम्म जम्मा ७ जनामा डेंगु रोग देखा परेको । -    रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालय, उप महानगर पालिका उपस्थिती मा इटहरी अस्पतालका मे.अ.को अध्यक्षतामा RRT को वैठक वसि नियमित रुपमा क्रियाकलापहरु भइरहेको । -    रोग प्रकोप क्षेत्र तथा प्रकोप हुन सक्ने सम्भावना भएको स्थानहरुमा समयामानै नियन्त्रण गर्नका लागि कर्मचारीहरुलाई जिम्मेवारीका साथ परिचालन गरि सकिएको । -    उप महानगरपालिकाको सवै स्थानहरुमा जनचेतना मूलक कार्यक्रम र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।   स्वास्थ्य कार्यालय: मोरङ्ग -    स्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख श्री ज्ञान वहादुर वस्नेत र फोकल पर्सन उत्सव पोख्रेलसंग समन्वय गर्दा मोरङ्ग जिल्लामा मिति २०७६/३/१ गते सम्म जम्मा ९ जना डेंगु ज्वरो देखा परेको । -    सो विरामी एकै स्थानको नभई मोरङ्ग विभिन्न नगरपालिकाको भएको । -    रोग नियन्त्रण तथा प्रचार प्रसारको लागि  जिल्ला मातहतका RRT लाई जानकारी गराई सकिएको जानकारी प्राप्त भयो । -    स्वास्थ्य कार्यालय मोरङ्ग र नगरपालिकाको सहकार्यमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।   २०७६।२।२५ गते -    RRT द्वारा धरान १९ मा जनचेतना तथा घर दैलो अभियानको अगुवाइ गरिएको । -    एमविविएस, नर्सिङ्ग तथा एमपिएच अध्ययनरत विधार्थीहरुलाइ डेङ्गु नियन्त्रणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको । -    विभिन्न टोलहरुमा घरदैलो अभियान जारी -    हाल सम्मको विरामी सख्या -    BPKIHS घोपाको २०० -    बाहिरको ४० गरी -    जम्मा २४० जना ।   मिति: २०७६/०२/२४ गते -    विहान ८ वजे प्रदेश न १ सम्माननीय सभामुख, माननीय सामाजिक विकास मन्त्रीज्यू, BPKIHS को उपकुलपति तथा अस्पताल निर्देशक ज्यूको समेत उपस्थितिमा  RRT सदस्यहरु सँग डेङ्गुको अवस्थाको बारे छलफल र स्थलगत निरिक्षण । -    वडा नं १४ मा किटजन्य रोग नियन्त्रण तालिम केन्द्र तथा अनुसन्धान केन्द्र हेटौडाको सहयोगमा लामखुट्टे तथा लार्भा समाति अन्य वडाहरुमा प्रदर्शन तथा लार्भा चिनाउने अभियान जारी -    RRT द्वारा धरान उपमहानगरपालिका वडा नं ९ मा जनचेतना तथा लार्भा र लामखुट्टे प्रदर्शन गरी स्थानीय वडा वासी लाइ जानकारी गराईएको। -    वडा नं १० मा विभिन्न स्थानमा घरदैलो तथा लार्भा नष्ट गरी सैनिक भवनमा जनचेतना कर्यक्रम संचालन गरिएको । -    स्थानीय कृति टेलिभिजन द्वारा प्रदर्शन हुने विभिन्न विशेषज्ञ चिकित्सक सहित RRT को सदस्यहरुको उपस्थितिमा डेङ्गु सम्वन्धी जनचेतनामुलक कार्यक्रमको छायाङ्कन गरिएको  ।   मिति: २०७६/०२/२३ गते वेलुका ५ बजे  -    २०७६।१।३० गते ३ जना वालवालिकामा डेङ्गु भएको BPKIHS बाट प्रमाणित भएको।२०७६।१।३१ गते BPKIHS बाट Fogging Machine माग गरि वडा नं १५ मा फगिङ्ग कार्य शुरु गरि हालसम्म जारी रहेको । -    २०७६।२।१ गते देखि वडा नं १५ को विभिन्न स्थानमा स्वास्थ्य शाखा द्वारा जनचेतना कार्यक्रम संचालन भएको । -    विभिन्न निजी तथा BPKIHS बाट डेङ्गु प्रमाणित भएको विरामीहरुको तथ्याङ्क संकलन कार्य गरिएको । -    २०७६।२।२ गते माननीय स्वास्थ्य राज्यमंत्रीज्यूलाइ डेङ्गुको अवस्थाबारे जानकारी गराईएको । -    २०७६।२।९ गते BPKIHS संग नियन्त्रणको लागि लिखित सहयोग माग गरिएको । -    २०७६।२।९ गते वडा नं १५ को वडा कार्यालयमा टोल विकास संस्था र सरोकारवालाहरु संग छलफल तथा जनचेतना कार्यक्रम गरिएको । -    २०७६।२।११ गते वडा नं १५ गते डेंगु नियन्त्रणका लागि जनचेतना कार्यक्रम तथा लार्भा नष्ट गर्न घरदैलो अभियान समेत गरिएको । -    २०७६।२।१२ गते वडा नं १५को चुमलुङ्ग भवन र कृष्ण पथमा सर्वसाधारणलाइ जनचेतना तथा लार्भा पहिचान कार्यक्रम संचालान गरिएको । -    २०७६।२।१५ गते BPKIHS बाट RRT गठन गरिएको । -    २०७६।२।१६ गते सुनसरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवकुमार खडका ज्यूको उपस्थिति मा च्च्त् लगायत नगर विपद व्यवस्थापन समिति कार्यपालिका सदस्यज्यू संग छलफल गरिएको -    २०७६।२।१७ गते वडा नं ५ मा RRT द्वारा जनचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने घरदैलो अभियान चलाईएको । -    २०७६।२।१७ गते वडा नं १५ को सदन सभाहलमा RRT द्वारा जनचेतना कार्यक्रम संचालन गरिएको । -    २०७६।२।१७ गते ४ वटा फगर खरीद गरिएको । -    २०७६।२।१८ गते वडा नं १ र १४ र १५ मा जनचेतना तथा लार्भा नष्ट गर्ने अभियान संचालन भएको । -    २०७६।२।१९ गते स्वास्थ्य सेवा विभाग महानिर्देशक ज्यू लगाएको टोली बाट स्थलगत निरीक्षण, छलफल, ङ्गुको विरामीसंग भेटघाटतथा डेङ्गु प्रभावित स्थानहरुको स्थलगत अवलोकन भएको । -    २०७६।२।२० गते जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइ तथा श्रीमान प्रजिअ प्रेमप्रकाश उप्रेति ज्यूको उपस्थितिमा धरानको समिक्षा तथा अन्य पालिकामा हुन सक्ने संभावित प्रकोपबारे छलफलमा RRT सहभागी -    २०७६।२।२१ वडा नं ६ मा जनचेतना कार्यक्रम संचालन -    वडा नं १५ मा विभिन्न २६ वटा समूह बनाइ लार्भा नष्ट गर्ने अभियान जारी -    २०७६।२।२२ विश्व वातावरण दिवसलाइ समेटि धरान उपमहानगरापालिका तथा RRT को सहभागितामा लार्भानष्ट गर्ने गरी विशाल जनसहभागित सहित Rally आयोजना -    २०७६।२।२२ गते RRT द्वारा वडा नं १७ मा राजनैतिक पार्टीको आमसभामा समेत जनचेतना कार्यक्रम -    BPKIHS, घोपामा आज सम्मको विरामी संख्या १३८ -    अन्य अस्पतालहरुमा २५ -    जम्मा विरामी संख्या  १६३

Read More
धरान उप महानगरपालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती
eventimg

May 9

हैजा सम्बन्धि जानकारी

मिति: २०७६-०१-२६    हैजा संक्रमण देखिएको ठाउँबाट संकलन गरिएको पानीको नमुना परिक्षणको नतिजा :   काठमाडौँ महानगरपालिका वडा न १३, हैजा संक्रमित बिरामीको घरबाट ल्याईएको ३ वटा पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतीजामा ३ वटै पानीमा प्रसस्त मात्रामा Coliform भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको ।   मिति: २०७६-०१-२४ ,दिउसो ४:०० बजे - काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय पुरुष झाडापखालाको बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारको लागी मिति २०७६-०१-१७ गते भर्ना भएको । - उक्त बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा मिति २०७६-०१-२२ गते हैजा प्रमाणित भएको । - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट उक्त बिरामीको घर गई स्थलगत निरिक्षण गरेको र बिरामीको स्थिती बुझ्दा सामान्य रहेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको । - बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी पानीको परिक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी । - हाल स्थिति सामान्य रहेको ।

Read More
हैजा सम्बन्धि जानकारी
eventimg

May 3

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाको अवस्था

गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आज  मिति २०७६।०१।२० गते प्राप्त रिपोर्ट अनुसार   गुल्मी जिल्लाको मुसिकोटमा नगरपलिका वडा न ४, दजाकोटमाबाट ४ वटा पानीको नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा ४ वटै पानीमा प्रशस्त मात्रामा Coliform देखिएको र त्यसै गरी ४ वटा बिरामीहरुको दिसाको नमूना परिक्षण गर्दा १ जनामा Shigella flexneri भेटिएको ।    गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१८, दिउसो ४:00 बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोट मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । मिति २०७६/०१/१७ देखि आज मिति २०७६/०१/१८ सम्ममा कुनैपनि थप नयाँ  झाडापखालाक बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।   गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१७, दिउसो  १:४५ बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोटमा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । आज मिति २०७६/०१/१७ मा कुनैपनि थप नयाँ  झाडापखालाक  बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।   मिति २०७६/०१/१६  को ६:३० बजे साझ सम्मको पछिल्लो अवस्था: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दाजकोट मा मिति २०७६/०१/१० देखि  हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । ती मध्ये जम्मा १८५ जना झाडापखालाका बिरामी रहेका । १ जना नँया बिरामी को आज मिति २०७६/०१/१६ उपचार गरिएको जानकारी प्राप्त । ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आज मिति २०७६/०१/१६ ल्याएर परिक्षण हुँदै गरेको ।  आज मिति २०७६/०१/१६ गते खानेपानी तथा ढल निकास बिभाग, काठमाडौँ बाट ल्याबका टोलिले मुसिकोट नगरपालिका वडा न ४ दाजकोटमा पुगी ४ वटा पानी को नमुना संकलन गरि परिक्षणको लागि काठमाडौँ ल्याईएको जानकारी प्राप्त । आजै स्थानीय, जिल्ला र केन्द्रवटा परिचालित टोलिले महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय लाई सरसाफई तथा स्वच्छ खानेपानी सम्बन्धि जनचेतना मूलक कार्यक्रम चलाएको। स्थिती नियन्त्रणमा रहेको ।   गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखाला र हुम्ला जिल्लाको ताँजाकोटमा देखिएको रुघाखोकीको पछिल्लो अवस्था (मिति २०७६/०१/१५, बेलुका ६:३० बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न. ४ मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९२ जना झाडापखालाका बिरामीहरुको उपचार गरिएको जस मध्ये २५ जनाको मिति २०७६/०१/१५ उपचार गरिएको । ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको ।  स्थिती नियन्त्रणमा रहेको ।   गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, दजाकोटमा फैलिएको झाडापखालाको मिति २०७६/०१/१५ को अवस्था: झाडापखालाका विरामी मिति २०७६/०१/१० देखि देखा परेको र शुरु भएको । स्वास्थ्य कार्यालय, गुल्मी र मुसिकोट न.पा.बाट Rapid Response Team सहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी सहित सो रोगको नियन्त्रण तथा व्यस्थापन गर्न परिचालन भएको । हालसम्म १६७ जना झाडापखालाको विरामीको उपचार भइसकेको । मिति २०७६/०१/१४ गते एक जना १२ वर्षिय बालकको झाडापखालाको कारण स्वास्थ्य संस्थाको सम्पर्कमा नआई घरैमा मृत्यु भएको । ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रिफर गरिएको र १ जनाको भरतपुर अस्पताल, चितवनको आई.सि.यू. मा उपचार भईरहेको । सो मुहानको पानीको नमूना संकलन गरि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पामा परिक्षण गर्दा प्रशस्त मात्रामा Coliform देखिएको । गुल्मी अस्पतालमा ५ जना विरामीको जाँच गर्दा इन्टामिवा हिस्टोलाइटिका Entamoeba histolytica परजिवी देखा परेको र साथै अरु विरामीको दिसा नमूना र पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको । विरामीहरुलाई स्थानीय स्कुलमा स्वास्थ्य शिविर संचालन गरि उपचार भईरहेको । हाललाई स्थानीयहरुले खानेपानीको बैकल्पिक मुहान प्रयोग गरिरहेको । पानी उमालेर खान सल्लाह तथा सुझाव दिइएको । यस महाशाखाबाट रोग नियन्त्रण तथा व्यवस्थापन गर्न थप परिक्षणको लागि नमूना संकलन गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सक सहितको टोली मिति २०७६/०१/१३ गतेदेखि प्रभावित स्थलतर्फ परिचालन गरिएको । मिति २०७६/०१/१४ गतेका दिन जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, गुल्मी अस्पतालका मे.सु. तथा विश्व स्वास्थ्य संगठनका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुसंग बैठक वसी नियन्त्रणका कार्य अगाडी वढाइएको । स्थिती नियन्त्रणमा रहेको ।

Read More
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाको अवस्था
eventimg

May 3

हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकामा देखिएको रुघाखोकीको अवस्था:

हुम्ला जिल्लाको ताँजाकोटमा देखिएको रुघाखोकीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आज  मिति २०७६।०१।२० गते प्राप्त रिपोर्ट अनुसार - रुघाखोकी संक्रमणको ५ बिरामीको घाटीको रयाल (Throat swab) नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा १ जनामा  मौसमी रुघा खोकी  Influenza A(H1N1)pdm 09 पोजेटीभ भेटिएको ।  - हाल स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।   हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बिगत केहि हप्ता देखि सुरु भएको रुघाखोकी संक्रमणको पछिल्लो अवस्था (मिति २०७६/०१/ १८): हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाबाट ५ वटा संकास्पद बिरामीको घाटीको रयाल (Throat Swab) र १ जनाको दिसा को नमुना संकलन गरेर आज मिति २०७६/०१/१८ सुर्खेत ल्याएको र सुर्खेतबाट परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउने व्यवस्था मिलाउदै गरिएको व्यवस्था मिलाउदै गरिएको जानकारी प्राप्त। स्थिती नियन्त्रणमा रहेको र बिरामीहरु पनि घट्दै गएका हुनालले प्रदेश अस्पताल, सुर्खेत बाट परिचालित ३ जना चिकित्सक र स्वास्थ्यकर्मीहरु प्रवाभित स्थलबाट सुर्खेत आजै फर्किसकेको र २ चिकित्सक सहित ५ स्वास्थ्यकर्मीहरु प्रवाभित स्थलमा  नै रहेको र उहाहरु पनि भोलि फर्कने तयारीमा रहेको जानकारी प्राप्त भएको । मिति २०७६/०१/१५ देखि मिति २०७६/०१/ १७ सम्म हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेशबाट खटिएको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरी उपचार कार्य गरेको (स्थानीय र प्रदेश बाट खटिएको स्वास्थ्यकर्मीद्वारा जानकारी प्राप्त)। - मिति २०७६/०१/१५ देखि मिति २०७६/०१/१७ जम्मा ७४४ जना बिरामीहरुको  उपचार गररेको जस मध्ये: - ४०२ जना महिला र ३४२ जना पुरुष रहेका । - २३९ जना रुघाखोकीको बिरामी रहेका । - ५५ जना झाडापखालाको बिरामी रहेका । - १७३ जना ग्यासट्राइटिसको बिरामी रहेका । - ४०  जना हाडजोर्नीको बिरामी रहेका । - २३७ जना अन्य रोगको बिरामी रहेका ।   मिति २०७६/०१/१७ गते दिउसो १:४५ बजे सम्म - ५० जना बिरामीहरुको उपचार गरिएको जस मध्ये ११ रुघाखोकीका बिरामी रहेको जानकारी प्राप्त। रुघाखोकीका बिरामीहरु घट्दै गरेको र ४ वटा संकास्पद बिरामीको घाटीको रयाल (Throat Swab) र १ जनाको दिसाको नमुना संकलन गरेर परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउने व्यवस्था मिलाउदै गरिएको जानकारी प्राप्त। मिति २०७६/०१/१६ हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेशबाट खटिएको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरु तीन भागमा बिभाजन भई स्वास्थ्य शिविर संचालन गरी उपचार कार्य गरेको (स्थानीय र प्रदेश बाट खटिएको स्वास्थ्यकर्मीद्वारा जानकारी प्राप्त)। १) वडा न. १ भैसामाझ सामुदायिक स्वास्थ्य ईकाईमा २०७६/०१/१६ गते जम्मा २३५ जना बिरामीहरुको शिविरमा उपचार गरिएको जस मध्ये: - ७९ जना रुघाखोकीका बिरामी रहेका । - १९ जना झाडापखालाका बिरामी रहेका । - ६५ जना ग्यासट्राइटिसका बिरामी रहेका । - ७२  जना अन्य रोगको बिरामी रहेका ।   २) वडा न २ र ३ को बीचमा रहेको मैला हेल्थ पोष्ट मा जम्मा १७५ जना बिरामीहरु को उपचार गरिएको जस मध्ये: - ६० जना रुघा खोकी को बिरामी रहेका । - ५० जना झाडापखालाको बिरामी रहेका । - २३ जना हाडजोर्नीको बिरामी रहेका । - ४२ जना अन्य रोगको बिरामी रहेका ।   ३) वडा न ४ र ५ को बीचमा रहेको गोठयालडाँडा सामुदायिक स्वास्थ्य ईकाईमा जम्मा १३८ जना बिरामीहरु को उपचार गरिएको जस मध्ये:  - ४१  जना रुघाखोकीका बिरामी रहेका । - १० जना झाडापखालाका बिरामी रहेका । - २५ जना ग्यासट्राइटिसका बिरामी रहेका । - ६२  जना अन्य रोगको बिरामी रहेका ।   हुम्ला जिल्लाको ताजकोट गाउँ पालिकामा बिगत केहि हप्ता देखि सुरु भएको रुघा खोकी संक्रमणको मिति २०७६/०१/१६ को पछिल्लो अवस्था: आज मिति २०७६/०१/१६ हुम्ला जिल्लाको ताजकोट गाउँ पालिकामा प्रकोप नियन्त्रण तथा ब्यबस्थापन गर्न सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको चिकित्षक सहितको स्वास्थ्यकर्मीहरु तीन भागमा बिभाजन भई स्वास्थ्य शिविर संचालन गरी उपचार कार्य गरेको (स्थानिय र प्रदेश बाट खटिएको स्वास्थ्यकर्मीद्वारा जानकारी प्राप्त)। १) वडा न १ भैसामाझ सामुदायिक स्वास्थ्य ईकाई मा आज  २०७६/०१/१६ जम्मा २३५ जना बिरामीहरु को उपचार गरिएको जस मध्ये:      - ७९ जना रुघा खोकी को बिरामी रहेका ।      - बाँकी १५६ जना अन्य रोगको बिरामी रहेका । २) वडा न २ र ३ को बीचमा रहेको मैला हेल्थ पोष्ट मा आज जम्मा १७० जना बिरामीहरु को उपचार गरिएको । ३) वडा न ४ र ५ को बीचमा रहेको गोठयालडाँडा सामुदायिक स्वास्थ्य ईकाई मा खटिए को स्वास्थ्य टोलि संग टेलिफोन सम्पर्क हाल सम्म हुन नसकेको (थप बिवरण आउन बाकी)  सो प्राप्त हुनासाथ जानकारी गराउने छौँ । मिति २०७६/०१/१५ गते एक ६२ बर्षीय महिला पुरानो क्षयरोग (टि बी) तथा दमको रोगी रहेको र तीनले क्षयरोगको औसधि पुरा नगरी बीचाई मा छाडेको र स्वास्थ्य संस्थामा नआई घरमै मृत्यु भएको जानकारी प्राप्त ।    हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बिगत केहि हप्ता देखि सुरु भएको रुघा खोकी संक्रमणको मिति २०७६/०१/१५, बेलुका ६:३० बजे सम्मको पछिल्लो अवस्था: हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेशबाट खटिएको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरु निम्न अनुसार रहेको ।१) डा. के येन पौडेल, प्रदेश अस्पताल, सुर्खेत२) डा. केशब अधिकारी, प्रदेश अस्पताल, सुर्खेत३) डा. टेक राज भट्टराई, प्रदेश अस्पताल, सुर्खेत४) डा. मनोज तिमल्सिना, रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, मुगु जिल्ला ५) श्री श्याम लाल आचार्य, सम्पर्क व्यक्ति, प्रादेशिक Health Emergency Operation Center (PHEOC), सुर्खेत ६) श्री बल भद्र यादव, हे.अ. स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेश ७) श्री धर्म अधिकारी, ल्याब अ. स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेश ८) श्री गगन परियार, अ. हे. व. रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, मुगु जिल्ला – आज मिति २०७६ साल बैशाख १५ गते परिचालीत चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले मुख्य रुपमा ताँजाकोट गाउँपालिकाको वडा न २ र ३ मा केन्द्रीत भई मिति २०७६/०१/१५ गते जम्मा १३२ जनाको उपचार गरेको र मिति २०७६/०१/१६ वडा न. १ मा स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको ।जस मध्ये:४७ जनामा रुघाखोकीका बिरामी३१ जनामा पेट दुख्ने समस्या६ जना पखालाको बिरामी १२ जनामा हाडजोर्नी दुख्ने समस्या र ३६ जना अन्य बिरामीहरुको उपचार गरिएको ।   हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वडा नं। १, २, र ३ मा देखिएको रुघाखोकीको मिति २०७६/०१/१५ को अवस्था: - स्थानीय ताजकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी मोतिलाल जैसी तथा स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख तुलसी अधिकारी समेतबाट प्राप्त जानकारी अनुसार विगत केही हप्ता देखि उक्त बडाहरुमा रुघाखोकीको विरामीहरु देखा परेको तर विभिन्न संचारमाध्यममा आएजस्तो पुरै गाउँ प्रभावित हुनेगरी प्रकोपको अवस्था नरहेको । - मिति २०७५/१२/२६ गते देखि २०७६/०१/१४ गतेसम्म विभिन्न कारणले ९ जनाको मृत्यु भएको: एक जना १० महिनाको बालकको निमोनियको कारण घरैमा मृत्यु भएको । एक जना ५ वर्षिय बालकको कुपोषणको कारण घरैमा मृत्यु भएको ।  त्यसैगरि ७ जना दम (COPD) को दीर्घरोगबाट पहिले देखिनै पिडित व्यक्तिहरुको स्वास्थ्य संस्थामा आउनु अगाबै घरैमा मृत्यु भएको जानकारी प्राप्त । - आज मिति २०७६/०१/१५ गते सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत, प्रदेश स्वास्थ्य निर्देशनालयबाट चिकित्सक डा. तेजराज भट्टराई, हे.अ. बलभद्र यादव, ल्या.अ. धर्म अधिकारी आवश्यक औषधी र नमूना संकलन गर्ने आवश्यक समाग्रीहरु सहित नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित स्थलमा भर्खरै पुगेको । - थप चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी र स्वास्थ्य शिक्षा समाग्री सहित प्रभावित स्थलतर्फ परिचालन हुन तयारी अवस्थामा रहेको । - स्थानीय स्वास्थ्यकर्मीबाट प्राप्त जानकारी अनुसार हाल स्थिति नियन्त्रणमा रहेको ।

Read More
हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकामा देखिएको रुघाखोकीको अवस्था:
eventimg

Jan 17

Situation Update on NTDs & Malaria

Click on below links for regular updates; Situation updates on NTDs & Malaria (17th January, 2019) Situation updates on NTDs & Malaria (26th October, 2018) Situation updates on NTDs & Malaria (7th October, 2018) Situation updates on NTDs & Malaria (12th September, 2018) Situation updates on NTDs & Malaria (29th August, 2018) Situation updates on NTDs & Malaria (15th August, 2018) Situation updates on NTDs (8th August, 2018) Situation updates on Malaria & NTDs (1st August, 2018)

Read More
Situation Update on NTDs & Malaria
eventimg

Sep 25

महोत्तरी जिल्लामा फैलिएको झाडापखालाको हालको अवस्था र व्यवस्थापन

Click on below link or download for detail... महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वार्ड न. १२, नैनहीमा फैलिएको झाडापखालाको हालको अवस्था र व्यवस्थापन

Read More
महोत्तरी जिल्लामा फैलिएको झाडापखालाको हालको अवस्था र व्यवस्थापन
eventimg

Sep 19

Update on Seasonal Influenza at Saptari

Click on below link for updates; Situation Update on Seasonal Influenza at Saptari (18 September, 2018) Situation Update on Seasonal Influenza at Saptari (17 September, 2018) Seasonal Influenza at Saptari (16 September, 2018)

Read More
Update on Seasonal Influenza at Saptari
eventimg

Jan 23

Kalikot Update_8 Magh 2074

Kalikot Update (8 Magh 2074)

Read More
Kalikot Update_8 Magh 2074
eventimg

Jan 21

Outbreak Updates on Kalikot_Solukhumbu_Jajarkot

Outbreak Updates on Kalikot, Solukhumbu & Jajarkot

Read More
Outbreak Updates on Kalikot_Solukhumbu_Jajarkot
eventimg

Jan 21

Jajarkot and Humla Updates

Jajarkot and Humla Updates

Read More
Jajarkot and Humla Updates

Latest Publications

eventimg

Nov 4

Measuring access to assistive technology in Nepal

Evidence based research findings on the use, need and unmet need is a key metric for planning and improving access to Assistive Products (AP). It is estimated that only 5-15% of people in low- and middle-income countries (LMICs) who need assistive technology (AT) have access to them with few availabilities, affordability and trained personnel. In Nepal, accurate data on the needs of AP is still not yet known. With a growing population of older age, increasing prevalence of non-communicable diseases in Nepal, the number of people needing AT is certain to rise. Therefore, the study aims to measure access to AT in Nepal. 

Read More
Measuring access to assistive technology in Nepal
eventimg

Jul 13

National Leprosy Strategy 2078-82 Nepali

National Leprosy Strategy 2078-82 Nepali

Read More
National Leprosy Strategy 2078-82 Nepali
eventimg

Jan 2

Rapid Response Team Guideline, 2079

द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालन सम्बन्धी निर्देशिका, २०७९

Read More
Rapid Response Team Guideline, 2079