धरान उप महानगरपालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती

Published on: 2019-06-18

सुनसरी जिल्ला अन्तरगत धरान उप महानगर पालिकामा फैलिएको डेंगु रोगको वस्तुस्थिती:

मिति: २०७६/०३/०२

-    मिति २०७६ बैशाख ३० गते वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको ।

-    मिति २०७६ आषाढ ०२ गते सम्ममा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गरेका मध्ये ५०५ जनामा डेंगु पोजिटिभ देखा परेको ।

-    मिति २०७६ आषाढ ०२ गते सम्ममा बिजयपुर अस्पताल धरानमा परीक्षण गरेका मध्ये जम्मा ९३ जनामा डेंगु पोजिटिभ देखा परेको ।

-    मिति २०७६ आषाढ ०२ गते सम्ममा एपेक्स अस्पताल १ जना र इटहरी अस्पतालमा ५ जनामा डेंगु रोग देखा परेको ।

-    अन्य वार्ड नं ९, ७ र १३ मा पनि रोग देखा पर्न थालेको ।

-    हाल सम्म जम्मा विरामी संख्या: ६०४ जना ।

-    कसैको पनि मृत्यू नभएको ।  

 

मिति २०७६ आषाढ ०२ गते भए गरेका क्रियाकलापहरु

-    विहान धरान उप महानगरपालिकाको मेयरज्यू सहितको टिम, जनप्रतिनिध, प्रहरी, बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिम, स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनबाट खटि आउने टिमले वार्ड नं ८ मा लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्ने कार्य गरियो ।

-    वार्ड नं. १५ मा विहान देखि नै घरघरमा गई लामखुट्टेको वासस्थान खोजी लार्भा खोजी नष्ट गर्न टिम परिचालन गरियो ।

-    वार्ड नं. १५, १४, ४ र ८ मा विहानै देखि डेंगु रोग नियन्त्रण सम्वन्धि माइकिङ्ग गरियो ।

-    विजयपुर अस्पतालमा गई डेंगु रोगको तथ्यांक अद्यावधि गरियो ।

-    धरान उप महानगरपालिकाको संयोजकसंग भेटी आगामी कार्यक्रमहरु संचालन सम्वन्धि छलफल गरियो ।

-    इटहरी उप महानगरपालिकामा भोली डेंगु रोग सम्वन्धि अभिमुखिकरण गर्नका लागि कार्यक्रम तय गरिएको ।

 

नियन्त्रणका लागि गरिएका प्रयासहरु:

-    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखावाट २०० Dengue RDT Kit र स्वास्थ्य कार्यालयवाट १०० Dengue Kit  BPKIHS, Dharan पठाई पठाएको   ।

-    मिति २०७६ जेष्ठ १९ गते यस महाशाखाबाट ५०० Dengue RDT Kit,  BPKIHS, Dharan  पठाएको ।

-    मिति २०७६/०२/२७ गते ३५० कीट पठाएको ।

-    मिति २०७६/०२/२९ गते २०० कीट पठाएको ।

-    मिति २०७६/०२/३० गते १००० कीट पठाइएको ।

-    यस महाशाखाबाट नियमित रुपमा अस्पताल, जिल्ला र नगरपालिकाका फोकल पर्सनहरुसंग नियमित सम्र्पक भइरहेको ।

-    नियमित रुपमा डेगु रोग नियन्त्रण तथा वच्ने उपायवारे सुचना दिने कार्य भइरहेको र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।

-    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राविधिक टिम प्रकोप क्षेत्रमा खटिइ सकिएको  ।

-    सो रोग नियन्त्रण तथा व्यवस्थापनको र थप अनुसन्धानको  लागि विश्व स्वास्थ्य संगठनबाट टिम प्रभावित स्थानहरुमा कार्य गरिरहेको ।

-    मिति २०७६/३/१ डेंगु ज्वरोको Sero Prevalence सम्वन्धि थप अनुसन्धानको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टिम प्रभावित स्थान पुगिसकिएको ।

-    मिति २०७६ आषाढ १ गते डेंगु बढि प्रभिावित वार्ड नं ८ र १५ का सम्पूर्ण वार्डका सदस्यहरु, र समाजसेवि, वुद्धिजिवीहरसंग रोग नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न गरिएको ।

-    मिति २०७६ आषाढ १ संघिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीज्यू प्रकोपजन्य क्षेत्रमा भए गरेका कार्यहरुको निरिक्षण तथा विरामीहरुलाई भेटघाट गरी समस्याहरुको वारेमा जानकारी लिनु भएको ।

-    माननीय राज्यमन्त्रीज्यूको निरिक्षणको समयमा स्वास्थ्य निर्देशक, स्वास्थ्य कार्यालय मोरङ्ग, सुनसरीका प्रमुखज्यूहरु, उप महानगरपालिकाका तथा नगरपालिकाका मेयरज्यूहरु, स्वास्थ्यकर्मी, चिकित्सक, विश्व स्वास्थ्य संगठन  र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर र चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

 

इटहरी उप महानगरपालिका:

-    यस उप महानगरपालिकामा मिति २०७६/०२/१९ गते देखि आषाढ १ गते सम्म जम्मा ७ जनामा डेंगु रोग देखा परेको ।

-    रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालय, उप महानगर पालिका उपस्थिती मा इटहरी अस्पतालका मे.अ.को अध्यक्षतामा RRT को वैठक वसि नियमित रुपमा क्रियाकलापहरु भइरहेको ।

-    रोग प्रकोप क्षेत्र तथा प्रकोप हुन सक्ने सम्भावना भएको स्थानहरुमा समयामानै नियन्त्रण गर्नका लागि कर्मचारीहरुलाई जिम्मेवारीका साथ परिचालन गरि सकिएको ।

-    उप महानगरपालिकाको सवै स्थानहरुमा जनचेतना मूलक कार्यक्रम र डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।

 

स्वास्थ्य कार्यालय: मोरङ्ग

-    स्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख श्री ज्ञान वहादुर वस्नेत र फोकल पर्सन उत्सव पोख्रेलसंग समन्वय गर्दा मोरङ्ग जिल्लामा मिति २०७६/३/१ गते सम्म जम्मा ९ जना डेंगु ज्वरो देखा परेको ।

-    सो विरामी एकै स्थानको नभई मोरङ्ग विभिन्न नगरपालिकाको भएको ।

-    रोग नियन्त्रण तथा प्रचार प्रसारको लागि  जिल्ला मातहतका RRT लाई जानकारी गराई सकिएको जानकारी प्राप्त भयो ।

-    स्वास्थ्य कार्यालय मोरङ्ग र नगरपालिकाको सहकार्यमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भानष्ट गर्ने कार्यक्रमहरु नियमित रुपमा संचालन भई रहेको ।

 

२०७६।२।२५ गते

-    RRT द्वारा धरान १९ मा जनचेतना तथा घर दैलो अभियानको अगुवाइ गरिएको ।

-    एमविविएस, नर्सिङ्ग तथा एमपिएच अध्ययनरत विधार्थीहरुलाइ डेङ्गु नियन्त्रणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको ।

-    विभिन्न टोलहरुमा घरदैलो अभियान जारी

-    हाल सम्मको विरामी सख्या

-    BPKIHS घोपाको २००

-    बाहिरको ४० गरी

-    जम्मा २४० जना ।

 

मिति: २०७६/०२/२४ गते

-    विहान ८ वजे प्रदेश न १ सम्माननीय सभामुख, माननीय सामाजिक विकास मन्त्रीज्यू, BPKIHS को उपकुलपति तथा अस्पताल निर्देशक ज्यूको समेत उपस्थितिमा  RRT सदस्यहरु सँग डेङ्गुको अवस्थाको बारे छलफल र स्थलगत निरिक्षण ।

-    वडा नं १४ मा किटजन्य रोग नियन्त्रण तालिम केन्द्र तथा अनुसन्धान केन्द्र हेटौडाको सहयोगमा लामखुट्टे तथा लार्भा समाति अन्य वडाहरुमा प्रदर्शन तथा लार्भा चिनाउने अभियान जारी

-    RRT द्वारा धरान उपमहानगरपालिका वडा नं ९ मा जनचेतना तथा लार्भा र लामखुट्टे प्रदर्शन गरी स्थानीय वडा वासी लाइ जानकारी गराईएको।

-    वडा नं १० मा विभिन्न स्थानमा घरदैलो तथा लार्भा नष्ट गरी सैनिक भवनमा जनचेतना कर्यक्रम संचालन गरिएको ।

-    स्थानीय कृति टेलिभिजन द्वारा प्रदर्शन हुने विभिन्न विशेषज्ञ चिकित्सक सहित RRT को सदस्यहरुको उपस्थितिमा डेङ्गु सम्वन्धी जनचेतनामुलक कार्यक्रमको छायाङ्कन गरिएको  ।

 

मिति२०७६/०२/२३ गते वेलुका  बजे 

-    २०७६।१।३० गते ३ जना वालवालिकामा डेङ्गु भएको BPKIHS बाट प्रमाणित भएको।२०७६।१।३१ गते BPKIHS बाट Fogging Machine माग गरि वडा नं १५ मा फगिङ्ग कार्य शुरु गरि हालसम्म जारी रहेको ।

-    २०७६।२।१ गते देखि वडा नं १५ को विभिन्न स्थानमा स्वास्थ्य शाखा द्वारा जनचेतना कार्यक्रम संचालन भएको ।

-    विभिन्न निजी तथा BPKIHS बाट डेङ्गु प्रमाणित भएको विरामीहरुको तथ्याङ्क संकलन कार्य गरिएको ।

-    २०७६।२।२ गते माननीय स्वास्थ्य राज्यमंत्रीज्यूलाइ डेङ्गुको अवस्थाबारे जानकारी गराईएको ।

-    २०७६।२।९ गते BPKIHS संग नियन्त्रणको लागि लिखित सहयोग माग गरिएको ।

-    २०७६।२।९ गते वडा नं १५ को वडा कार्यालयमा टोल विकास संस्था र सरोकारवालाहरु संग छलफल तथा जनचेतना कार्यक्रम गरिएको ।

-    २०७६।२।११ गते वडा नं १५ गते डेंगु नियन्त्रणका लागि जनचेतना कार्यक्रम तथा लार्भा नष्ट गर्न घरदैलो अभियान समेत गरिएको ।

-    २०७६।२।१२ गते वडा नं १५को चुमलुङ्ग भवन र कृष्ण पथमा सर्वसाधारणलाइ जनचेतना तथा लार्भा पहिचान कार्यक्रम संचालान गरिएको ।

-    २०७६।२।१५ गते BPKIHS बाट RRT गठन गरिएको ।

-    २०७६।२।१६ गते सुनसरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवकुमार खडका ज्यूको उपस्थिति मा च्च्त् लगायत नगर विपद व्यवस्थापन समिति कार्यपालिका सदस्यज्यू संग छलफल गरिएको

-    २०७६।२।१७ गते वडा नं ५ मा RRT द्वारा जनचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने घरदैलो अभियान चलाईएको ।

-    २०७६।२।१७ गते वडा नं १५ को सदन सभाहलमा RRT द्वारा जनचेतना कार्यक्रम संचालन गरिएको ।

-    २०७६।२।१७ गते ४ वटा फगर खरीद गरिएको ।

-    २०७६।२।१८ गते वडा नं १ र १४ र १५ मा जनचेतना तथा लार्भा नष्ट गर्ने अभियान संचालन भएको ।

-    २०७६।२।१९ गते स्वास्थ्य सेवा विभाग महानिर्देशक ज्यू लगाएको टोली बाट स्थलगत निरीक्षण, छलफल, ङ्गुको विरामीसंग भेटघाटतथा डेङ्गु प्रभावित स्थानहरुको स्थलगत अवलोकन भएको ।

-    २०७६।२।२० गते जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइ तथा श्रीमान प्रजिअ प्रेमप्रकाश उप्रेति ज्यूको उपस्थितिमा धरानको समिक्षा तथा अन्य पालिकामा हुन सक्ने संभावित प्रकोपबारे छलफलमा RRT सहभागी

-    २०७६।२।२१ वडा नं ६ मा जनचेतना कार्यक्रम संचालन

-    वडा नं १५ मा विभिन्न २६ वटा समूह बनाइ लार्भा नष्ट गर्ने अभियान जारी

-    २०७६।२।२२ विश्व वातावरण दिवसलाइ समेटि धरान उपमहानगरापालिका तथा RRT को सहभागितामा लार्भानष्ट गर्ने गरी विशाल जनसहभागित सहित Rally आयोजना

-    २०७६।२।२२ गते RRT द्वारा वडा नं १७ मा राजनैतिक पार्टीको आमसभामा समेत जनचेतना कार्यक्रम

-    BPKIHS, घोपामा आज सम्मको विरामी संख्या १३८

-    अन्य अस्पतालहरुमा २५

-    जम्मा विरामी संख्या  १६३