सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा

Published on: 2020-02-14

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।११।०२ गते हाल सम्म उपलब्ध अद्यावधिक जानकारी ।

- मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको ।

- मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको ।

- हालसम्म ३२४ जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको ।

- हाल स्तिथि सामान्य हुँदै गएको ।

- जलबिरे प्रा. स्वा. के बाट डा. पिताम्बर खनाल सहित ३ जना स्वास्थ्यकर्मी प्रभावित स्थलमै रहेर उपचार गरिरहेको । 

- प्रयोगशाला प्राबिधिकद्वारा १० वटा संकास्पद बिरामीहरुको घाँटीको र्यालको नमूना (Throat swab) संकलन गरि संक्रमणको परिक्षण यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको प्रकियामा रहेको  । 

- प्रयोगशाला परिक्षण रिपोर्ट आउन बाँकी रहेको ।

- रुघाखोकी र चिसोबाट बच्ने उपाय बारेमा स्वास्थ्य शिक्षा दिइएको ।

 

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।१०।२९ गते दिउसो २ बजे सम्म उपलब्ध अद्यावधिक जानकारी ।

- मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको ।

- मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको ।

- हालसम्म २०० जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको ।

- हालसम्म भर्ना गरि उपचार गर्नुपर्ने र रिफर गर्नुपर्ने अबस्था नभएको ।

- प्रभावित विरामीहरुको विवरण लिंदा चीन गएका वा चीनबाट अएका मान्छेहरुसंग कुनै सम्पर्क नभएको देखिएकोले संचार माध्यमा प्रचार प्रसार गरिए जस्तो नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको ।

- बाह्रविसे प्रा . स्वा. के बाट डा. पिताम्बर खनाल सहित २ जना स्वास्थ्यकर्मी खटिएको । 

- जुगल गा.पा.बाट स्वास्थ्य शाखा प्रमुख हे.अ अनिल साउद सहित ३ जना खटिएको ।

- चौतारा अस्पतालबाट २ जना  चिकित्सक र २  जना  प्रयोगशाला प्राभिधिक गरि  ४ जना स्वास्थ्यकर्मी खटिएको । 

- प्रादेशिक  जनस्वास्थ्य प्रयोगशालाबाट १ जना  प्राविधिक  प्रभावित स्थानमा खटाइएको ।

- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्वासप्रश्वासको संक्रमणको परिक्षणद्वारा यकीन गर्नका लागि आवश्यक घाँटीको र्यालको नमूना (Throat swab) संकलन गर्नका आवश्यक पर्ने Viral Transport Medium (VTM)  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मार्फत पठाइएको ।

- रुघाखोकी र चिसोबाट बच्ने उपायबारेमा स्वास्थ्य शिक्षा दिइएको ।

Latest Publications

eventimg

Sep 28

National Guideline on Diagnosis, Management and Prevention of Scrub Typhus in Nepal

Scrub typhus is a vector-borne disease caused by a bacteria Orientia tsutsugamushi and transmitted to humans through the bites of infected larval mites (chiggers). The causative organism, Orientia tsutsugamushi is an obligate intracellular gram-negative bacterium of the genus Orientia, order Rickettsiales within the Rickettsiaceae family. The recently identified Orientia chuto species in United Arab Emirates is another human pathogen causing scrub typhus.

Read More
National Guideline on Diagnosis, Management and Prevention of Scrub Typhus in Nepal
eventimg

Sep 9

Revised LPEP Guideline

Revised guideline for LPEP.

Read More
Revised LPEP Guideline
eventimg

Sep 2

“Method for preparing a chlorine solution for post-flood body management and environmental disinfection.”

Method for preparing a chlorine solution for post-flood body management and environmental disinfection.

Read More
“Method for preparing a chlorine solution for post-flood body management and environmental disinfection.”