सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।११।०२ गते हाल सम्म उपलब्ध अद्यावधिक जानकारी ।
- मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको ।
- मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको ।
- हालसम्म ३२४ जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको ।
- हाल स्तिथि सामान्य हुँदै गएको ।
- जलबिरे प्रा. स्वा. के बाट डा. पिताम्बर खनाल सहित ३ जना स्वास्थ्यकर्मी प्रभावित स्थलमै रहेर उपचार गरिरहेको ।
- प्रयोगशाला प्राबिधिकद्वारा १० वटा संकास्पद बिरामीहरुको घाँटीको र्यालको नमूना (Throat swab) संकलन गरि संक्रमणको परिक्षण यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको प्रकियामा रहेको ।
- प्रयोगशाला परिक्षण रिपोर्ट आउन बाँकी रहेको ।
- रुघाखोकी र चिसोबाट बच्ने उपाय बारेमा स्वास्थ्य शिक्षा दिइएको ।
सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।१०।२९ गते दिउसो २ बजे सम्म उपलब्ध अद्यावधिक जानकारी ।
- मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको ।
- मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको ।
- हालसम्म २०० जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको ।
- हालसम्म भर्ना गरि उपचार गर्नुपर्ने र रिफर गर्नुपर्ने अबस्था नभएको ।
- प्रभावित विरामीहरुको विवरण लिंदा चीन गएका वा चीनबाट अएका मान्छेहरुसंग कुनै सम्पर्क नभएको देखिएकोले संचार माध्यमा प्रचार प्रसार गरिए जस्तो नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको ।
- बाह्रविसे प्रा . स्वा. के बाट डा. पिताम्बर खनाल सहित २ जना स्वास्थ्यकर्मी खटिएको ।
- जुगल गा.पा.बाट स्वास्थ्य शाखा प्रमुख हे.अ अनिल साउद सहित ३ जना खटिएको ।
- चौतारा अस्पतालबाट २ जना चिकित्सक र २ जना प्रयोगशाला प्राभिधिक गरि ४ जना स्वास्थ्यकर्मी खटिएको ।
- प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट १ जना प्राविधिक प्रभावित स्थानमा खटाइएको ।
- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्वासप्रश्वासको संक्रमणको परिक्षणद्वारा यकीन गर्नका लागि आवश्यक घाँटीको र्यालको नमूना (Throat swab) संकलन गर्नका आवश्यक पर्ने Viral Transport Medium (VTM) प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मार्फत पठाइएको ।
- रुघाखोकी र चिसोबाट बच्ने उपायबारेमा स्वास्थ्य शिक्षा दिइएको ।
Dec 29
प्रस्तावना: जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ ले व्यवस्था गरे बमोजिम सूचीकृत गरिएका सङ्‍क्रामक रोग र जनस्वास्थ्य सम्बन्धी अनपेशित घटना देखिएमा सो को जानकारी सम्बन्धित निकायमा तोकिएको समयावधिभर सूचना सम्प्रेषण गरी सङ्‍क्रामक रोग तथा जनस्वास्थ्य घटनाको सूचना सङ्‍कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार र प्रतिकार्य गर्न तथा अन्त्तराष्ट्रिय स्वास्थ्य नियमावली २००५ (International Health Regulations 2005) अनुरुप निरन्त्तर रुपमा रोग निगरानी गरी केही रोगहरुलाई तत्कालै अन्त्तराष्ट्रिय तहमा प्रतिवेदन गर्नुपर्ने दायित्व रहेकोले, ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले यो निर्देशिका जारी गरेको छ।
Read MoreSep 18
National Guideline for SAMPLE COLLECTION AND TRANSPORTATION DURING ACUTE PUBLIC HEALTH EVENTS 2025
Read MoreJul 21
SEARCH AND DESTORY MOSQUITO HABITATS LEAFLET
Read More